बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति गण्डकी प्रदेश

पूर्वराजा ज्ञानेन्द्र भन्छन्- देशमा शान्ति चाहिएको छ, कसैले पनि डराउनु पर्दैन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ९ चैत, २०८१ मा प्रकाशित
पूर्वराजा ज्ञानेन्द्र भन्छन्- देशमा शान्ति चाहिएको छ, कसैले पनि डराउनु पर्दैन
गाेरखा, चैत ९ :

पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा शान्ति, स्थायित्व र समृद्धि आवश्यक रहेको बताएका छन्। गोरखाको गोरखकाली मन्दिरमा विशेष पूजा सम्पन्न गरेपछि शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै शाहाले देशमा शान्ति चाहिएको बताएका हन् ।

कसैले कसैको कुभलो नचिताओस्’ भन्ने कामना गर्दै उनले देशको स्थायित्व र समृद्धिका लागि सबैले सकारात्मक सोच राख्नुपर्ने उल्लेख गरे। कसैले पनि डराउनु नपर्ने जनाउँदै उनले भने,’ देशमा शान्ति कायम होस्, ‘विकास होस्, सबैले सुख र समृद्धि प्राप्त गरून् भन्ने मेरो कामना छ।’

शनिबार बिहान गोरखकाली तथा गोरखनाथ मन्दिरमा करिब दुई घण्टा विशेष पूजा गरेका शाहले ऐतिहासिक गोरखा दरबारको अवलोकनसमेत गरेका थिए।

गोरखनाथ मन्दिरमा दर्शन गर्दा पृथ्वीनारायण शाहले राज्य विस्तारको आशिर्वाद पाएको जनविश्वास रहेको उल्लेख गर्दै राजसंस्थाको पुनःस्थापनाको चर्चा चलिरहेका बेला पूर्वराजाको गोरखा भ्रमणलाई विशेष रूपमा हेरिएको छ।

शनिबार बिहान ९ बजे तनहुँको आवुखैरेनीदेखि गोरखा दरबारसम्म राजसंस्था समर्थकहरूले मोटरसाइकल र्‍याली निकालेका थिए। पूर्वराजा शाह भोलि आइतबार मनकामना मन्दिर दर्शनका लागि जाने कार्यक्रम रहेको छ। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार