बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित #सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित
समाचार

बस्नेतको निधनप्रति महासंघले भन्यो- परिपक्व पत्रकारलाई गुमाउनुपर्‍यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ९ चैत, २०८१ मा प्रकाशित
बस्नेतको निधनप्रति महासंघले भन्यो- परिपक्व पत्रकारलाई गुमाउनुपर्‍यो
काठमाडौं, चैत ९ :

वरिष्ठ पत्रकार एवं प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष माथवरसिंह बस्नेतको निधनप्रति नेपाल पत्रकार महासंघले दु:ख व्यक्त गरेको छ ।

महासंघका महासचिव रामप्रसाद दाहालले विज्ञप्ति जारी गर्दै नेपाली पत्रकारिता जगत्‌ले एक योग्य, अनुभवी र परिपक्व पत्रकारलाई गुमाएको जनाएका छन् । ‘पत्रकारिता क्षेत्रमा लामो समय योगदान दिनुभएका बस्नेत देशान्तर साप्ताहिकका संस्थापक सम्पादक हुनुहुन्थ्यो । बस्नेतले राष्ट्रिय समाचार समिति र गोरखापत्र संस्थानमा अध्यक्षको रुपमा रही सेवा गर्नुभएको थियो । बस्नेतको निधनले नेपाली पत्रकारिता जगत्‌ले एक योग्य, अनुभवी र परिपक्व पत्रकारलाई गुमाएको छ,’ महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

महासंघले वरिष्ठ पत्रकार बस्नेतप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै समवेदना व्यक्त गरेको छ ।

मस्तिष्काघातपछि उपचारका लागि अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना गरिएका ७७ वर्षीय पत्रकारको शनिबार उपचारकै क्रममा निधन भएको हो । 


 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार