बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार खेलकुद

नेपालमा पहिलोपटक वर्ल्ड म्याराथन (एम्स) को बोर्ड बैठक हुँदै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १० चैत, २०८१ मा प्रकाशित
नेपालमा पहिलोपटक वर्ल्ड म्याराथन (एम्स) को बोर्ड बैठक हुँदै
काठमाडौं, चैत १० :

नेपालमा वर्ल्ड रनिङको प्रमुख संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स)को बोर्ड बैठक हुने भएको छ। आगामी जेठ महिनाको तेस्रो साता अर्थात् जुन ४ र ५ मा काठमाडौंमा एम्सको बोर्ड बैठक सुनिश्चित भएको नेपालका लागि एम्सका दूत, टीएस ठकुरीले जानकारी दिए।

कुनै पनि विधाको विश्वव्यापी फेडरेसनको बोर्ड बैठक नेपालमा हुन लागेको सम्भवतः यो पहिलो हो । यसअघि नेपालमा एसियाली निकायका बोर्ड बैठक र कंग्रेसहरू मात्र भएको थिए।

एम्स दूत र नेपालगन्ज म्याराथनका संस्थापक, टीएस ठकुरीले बैठक नेपालमा आयोजना हुन सफल भएकोमा खुशी व्यक्त गर्दै भने, ‘यो अवसर समग्र नेपालका लागि पर्यटनको हिसाबले महत्वपूर्ण छ। यसले नेपाललाई विश्वव्यापी रूपमा चिनाउन मद्दत पुर्‍याउनेछ। साथै, नेपालका रेस आयोजकहरूलाई अन्तर्राष्ट्रिय समुदायसँग कनेक्ट हुन, दौडको वैश्विक अभियानसँग परिचित हुन र नयाँ ज्ञान प्राप्त गर्नको लागि सुनौलो अवसर पनि हुनेछ।’

एम्सले वर्ल्ड एथ्लेटिक्ससँग समन्वय गरेर रोड रेसहरूको मापन र प्रवर्धन गर्दै संसारभरि १२० भन्दा बढी देशमा एकीकृत रूपमा काम गर्दै आएको छ। यसका सञ्जालमा ४५० भन्दा बढी रोड रेस आयोजक सदस्य रहेका छन्। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार