काठमाडौं, चैत १० :

प्रमुख दलका शीर्ष नेताहरुको बैठक भोलि (सोमबार) बस्ने भएको छ । संक्रमणकालीन न्यायबारे दलहरुबीच छलफल हुने बुझिएको छ ।

माओवादीको तराई-मधेस जागरण अभियानमा व्यस्त रहेका अध्यक्ष पुष्पकमल दाहाल फर्किएसँगै दलहरुबीच संक्रमणकालीन न्यायमाथिको विवाद टुंग्याउने गरी दलहरुबीच छलफल हुन लागेको हो ।

संक्रमणकालीन न्यायका बारेमा अवरुद्ध प्रक्रिया अघि बढाउने प्रयास स्वरुप तीन दलका शीर्ष नेताहरुको बैठक सोमबार बोलाइएको हो । 

बैठकमा  राजावादीहरुको प्रदर्शन र पूर्वराजा ज्ञानेन्द्र शाहाको सक्रियता लगायतकाबारेमा पनि  छलफल हुने बुझिएको छ ।