
फाइल तस्बिर।
भक्तपुर, चैत ११ :
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले क्षयरोगको न्यूनीकरणका लागि प्रभावकारी ढङ्गले काम गर्नुपर्ने बताएका छन् ।
भक्तपुरमा सोमबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसको न्यूनीकरणका लागि सरकारले आफ्ना अहिलेसम्मका प्राथमिकताहरु बदलेर नयाँ र प्रभावकारी ढङ्गले अघि बढ्नुपर्ने बताएका हुन् ।
उनले क्षयरोग केन्द्रमा पनि सम्पूर्ण सेवाहरु उपलब्ध हुने अस्पताल सञ्चालन गर्न जरुरी रहेको बताए । साथै उनले त्यसका लागि आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गरिने प्रतिबद्धता समेत जनाए ।
मन्त्री पौडेलले क्षयरोग पत्ता लगाउन स्थानीय तहलाई सक्रिय बनउनुपर्ने पनि बताए। खुला सीमानाका कारणले पनि समस्या भएको जनाउँदै उनले मित्रराष्ट्रसँग सहकार्य गर्ने र निदान गर्ने साझा नीति अवलम्बन गर्नुपर्ने बताए ।