शुक्रबार, ११ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नागरिक लगानी कोष#प्रधानमन्त्री बालेन्द्र शाह#सभापति रवि लामिछाने#मृत घोषणा#सरकारसमक्ष सिफारिस#पूर्वमुख्यसचिव एकनारायण अर्याल#आदिवासी जनजाति#रासायनिक मल#मल मौज्दात#निर्वाचनको तयारी#केन्द्रीय कार्यसमिति बैठक#भीम रावल#विदेशीसामु लम्पसार पर्ने प्रवृत्ति#पुरुष क्रिकेट#कर्णाली प्रदेश #नागरिक लगानी कोष#प्रधानमन्त्री बालेन्द्र शाह#सभापति रवि लामिछाने#मृत घोषणा#सरकारसमक्ष सिफारिस#पूर्वमुख्यसचिव एकनारायण अर्याल#आदिवासी जनजाति#रासायनिक मल#मल मौज्दात#निर्वाचनको तयारी#केन्द्रीय कार्यसमिति बैठक#भीम रावल#विदेशीसामु लम्पसार पर्ने प्रवृत्ति#पुरुष क्रिकेट#कर्णाली प्रदेश
समाचार प्रदेश बागमती प्रदेश स्वास्थ्य

कागेश्वरी मनोहरा नगर अस्पताल : सातामा दुई दिन आइतबार र बुधबार मुटुरोग विशेषज्ञ सेवा

विशेषज्ञ सेवा लिन टाढाका अस्पताल धाउनुपर्ने बाध्यता हट्यो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · २० घण्टा अगाडि प्रकाशित
कागेश्वरी मनोहरा नगर अस्पताल : सातामा दुई दिन आइतबार र बुधबार मुटुरोग विशेषज्ञ सेवा
काठमाडौं, मंसिर १० :

कागेश्वरी मनोहरा नगरपालिका–६, मूलपानीस्थित नगर अस्पतालमा स्थानीयस्तरमै मुटुरोगसम्बन्धी विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध हुन थालेको छ। अस्पतालले प्रत्येक साताको आइतबार र बुधबार मुटुरोग विशेषज्ञमार्फत नियमित स्वास्थ्य परीक्षण तथा परामर्श सेवा सञ्चालन गरिरहेको छ।

अस्पतालका अनुसार वरिष्ठ मुटुरोग विशेषज्ञ डा. निर्मल घिमिरेले सातामा दुई दिन अस्पतालमै उपस्थित भएर मुटुसम्बन्धी समस्या भएका बिरामीको स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्श दिँदै आएका छन्।

मुटुरोगसम्बन्धी विशेषज्ञ सेवा लिन टाढाका अस्पताल धाउनुपर्ने बाध्यता कम गर्दै स्थानीय बासिन्दालाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सेवा विस्तार गरिएको अस्पताल प्रशासनले जनाएको छ।

यस सेवाबाट कागेश्वरी मनोहरा नगरपालिका तथा आसपासका क्षेत्रका मुटुरोगसम्बन्धी समस्या भएका बिरामी लाभान्वित हुने अपेक्षा गरिएको छ। मुटुरोग विशेषज्ञ सेवा लिन चाहने सर्वसाधारणले थप जानकारी तथा सेवा समयबारे बुझ्न मूलपानी नगर अस्पतालको सम्पर्क नम्बर ०१–४१५३५९३ मा सम्पर्क गर्न सक्नेछन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार