बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी #कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी
अर्थतन्त्र सेयर बजार

पुँजीबजारमा सुधारको संकेत, नेप्से २६ अंकले बढ्यो

कारोबार रकम ४ अर्ब ४८ करोड ३५ लाख ९९ हजार रुपैयाँ नाघ्यो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ११ चैत, २०८१ मा प्रकाशित
पुँजीबजारमा सुधारको संकेत, नेप्से २६ अंकले बढ्यो
काठमाडौं, चैत ११ :

सेयर बजारमा सु्धारको संकेत देखापरेको छ । आज (सोमबार) नेप्से २६.१० विन्दुले बढेर २,६४०.७८ अंकमा रोकिएको छ । जसमा कारोबार रकम ४ अर्ब ४८ करोड ३५ लाख ९९ हजार रुपैयाँ नाघेको छ । आज नेप्सेका सबै समूहका सूचक बढेका छन् ।

गत सातादेखि निरन्तर ओरालो लागिरहेको पुँजीबजार आज थामिएर हरियाली छाएको हो । अर्थात् यसअघि सेयरबजार निरन्तर घट्दा छोटो समयमै प्यानिक भएका लगानीकर्तालाई सोमबार भने बजारले केही राहतको महसुस गराएको छ । सोमबार विभिन्न ३२६ कम्पनीका ९७ लाख ३९ हजार सात सय ३८ कित्ता सेयर ५८ हजार २३५ पटक खरिदबिक्री भएका छन् ।  बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै वित्त समूह ३.५२ प्रतिशतले बढेको छ । त्यस्तै, बैंकिङ ०.७१, विकास बैंक ०.७१, होटेल तथा पर्यटन १.०३, जलविद्युत् ०.९५, लगानी ०.८३, जीवन बिमा १.४६ र उत्पादन तथा प्रशोधन समूह ०.७८ प्रतिशतले बढेको छ ।

त्यस्तै, लघुवित्त ०.७९, म्युचुअल फन्ड ०.४४, निर्जीवन बिमा ०.६५, व्यापार ०.०६ र अन्य समूह ०.५० प्रतिशतले बढेको छ ।

गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको सेयरमूल्य सोमबार सबैभन्दा धेरै ९.५१ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य चार दशमलव २६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन री-इन्स्योरेन्स लिमिटेडको ३२ करोड ६९ लाख ७७ हजार ५७८ रुपैयाँबराबरको सेयर किनबेच भए । कारोबार भएका सेयर संख्याका आधारमा भने सबैभन्दा धेरै सानिमा ग्रोथ फन्डको सात लाख १० हजार कित्ता सेयर किनबेच भएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार