शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

ओलीको विवादास्पद अभिव्यक्तिको एमालेले गर्‍यो बचाउ, भारतसँगको सम्बन्ध प्रगाढ बनाउन प्रतिबद्ध

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ११ चैत, २०८१ मा प्रकाशित
ओलीको विवादास्पद अभिव्यक्तिको एमालेले गर्‍यो बचाउ, भारतसँगको सम्बन्ध प्रगाढ बनाउन प्रतिबद्ध
काठमाडौं, चैत ११ :

नेकपा एमालेले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको विवादास्पद अभिव्यक्तिको बचाउ गरेको छ । महासचिव शंकर पोखरेलले सोमबार विज्ञप्ति जारी गर्दै गत चैत ४ गतेको सचिवालय बैठकसँग सम्बन्धित विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डन गरेका छन् ।

विज्ञप्तिमा ओलीको अभिव्यक्तिलाई अतिरञ्जित र दुराशयपूर्ण रहेको भन्दै  त्यसले नेपाल र भारतबीचको सद्भाव र पुरानो सम्बन्धमा अनावश्यक आशंका बढाउन सक्ने उल्लेख छ । एमालेले भारतीय पक्षसँगको सम्बन्धलाई प्रगाढ बनाउन प्रतिबद्ध रहेको र कूटनीतिक माध्यमबाट कुनै पनि समस्याको समाधानको पक्षमा रहेको जनाएको छ ।

सचिवालय बैठकमा ओलीले भारतीय पक्षले आफूलाई पदबाट हटाउन जासुसहरू परिचालन गरेको दाबी गरेका थिए । 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार