
मेष : कडा मिहिनेतले गरिएको कामबाट लाभ हुने छ । एकोहोरो मायाले सताउनेछ ।
वृष : सांस्कृतिक सभा समारोहमा सहभागि हुने सम्भावना छ । अतिथिको रूपमा आमन्त्रण गर्नेछन् ।
मिथुन : टाढा रहेका परिवारका सदस्यसँग भेटघाट हुनेछ । साथीभाइसँगको भेटघाटले मन प्रफुल्ल रहला ।
कर्कट : सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।
सिंह : वैदेशिक रोजगारका लागि यात्रामा निस्कने दिन छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ ।
कन्या : श्रमको उचित मूल्याङ्कन हुनेछ । आज हनुमानजीको दर्शन गर्नु उचित हुनेछ ।
तुला : माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ । प्रेम जीवन सफल र सुखद रहने देखिन्छ ।
वृश्चिक : लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । चिताएको कामले तीव्रता लिनेछ ।
धनु : अरूलाई प्रभावित पारेर काम बन्नेछ । व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोत बढ्नेछन् ।
मकर : पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । सेयर बजारमा गरेको लगानीबाट राम्रै फाइदा मिल्नेछ ।
कुम्भ : शिक्षामा सफलता मिल्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ने दिन छ ।
मीन : भरिसक्के लामो यात्रा नगर्नु उचित हुनेछ । सल्लाहमा गरिएको कार्यबाट सफलता मिल्नेछ ।