शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

तिहार पर्व सुरु, मिथिलामा धनतेरस

सक्रिय न्युज · २१ मिनेट अगाडि प्रकाशित
तिहार पर्व सुरु, मिथिलामा धनतेरस
महोत्तरी, कात्तिक २० :

नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि सुरु हुँदैछ ।

मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा यस पर्वको पहिलो दिन सन्ध्याकालमा दीपमालिका गर्दै धनतेरस मनाउने परम्परा छ । चन्द्रमासको कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि कात्तिक शुक्लपक्षको द्वितीयासम्म पाँच दिन मनाइने यो पर्व यसपटक तिथिको घटबढले छ दिनको भएको छ ।

मिथिला परम्परामा कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिका दिन साँझपख दीपमालिका गर्दै घरमा धातुका नयाँ भाँडा वा गरगहना किनेर पूजा गरिने चलन छ । आज सूर्योदय हुँदा द्वादशी तिथि रहे पनि मध्याह्नअघि नै त्रयोदशी लाग्ने भएकाले धनतेरस मनाइने मैथिल कर्मकाण्डका ज्ञाता महेशकुमार झाले जानकारी दिए ।

मिथिला क्षेत्रमा दिन, नक्षत्र, तिथिको निक्र्योल, चाडबाड, तिथिश्राद्ध र शुभकार्य मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गका आधारमा गरिने प्रचलन छ ।

मिथिला क्षेत्रमा बोलीचालीमा दिवाली भनिने दीपावली पर्वको पहिलो दिन धनधान्यकी देवी लक्ष्मीलाई प्रशन्न गराउन धातुका गहना र भाँडा किनेर घरमा लक्ष्मी स्थापना गरी धनतेरस मनाइने मैथिल परम्परा छ । घरघरमा दीपमालिका गरेर पर्व प्रारम्भ गरिन्छ । धातुका सामान (भाँडाकुँडा र गहना), खरेटो, धनियाँसहितका सामग्री धनतेरसका दिन नयाँ किन्ने प्रचलन छ ।

आज बिहान ११ बजेर १० मिनेटपछि त्रयोदशी तिथि सुरु भएर भोलि शनिबार बिहान १० बजेर ४७ मिनटसम्म रहने पञ्चाङ्गलाई उद्धृत गर्दै पण्डित झाले स्पष्ट पारे । त्रयोदशीकै दिन गरिने कागपूजा र धन्वन्तरी जयन्ती भने शनिबार परेको छ ।

दीपावली पर्व आगामी बुधबार मैथिल परम्पराअनुसार भैयादूज मनाइएर सम्पन्न गरिने छ । पञ्चाङ्ग आइतबार बिहान चतुर्दशी तिथिमा कुकुर पूजा र त्यसै दिन साँझ लक्ष्मीपूजा गरिने छ । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार