
सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई पदबाट हटाएको हो ।
घिसिङलाई सरकारले यसअघि पटकपटक स्पष्टीकरण सोधेर दु:ख दिँदै आएको थियो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पाँचपटक स्पष्टीकरण माग्दा पनि उनलाई जिम्मेवारीबाट हटाउन नसकेपछि पछिल्लोपल्ट मन्त्रिपरिषद्बाटै स्पष्टीकरण सोधिएको थियो । घिसिङलाई हटाउनकै लागि उनको कार्यसम्पादन पनि कमजोर देखाइएको थियो ।
यद्यपि मन्त्रिपरिषद्को बैठकबाट बाहिरिएपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले कुलमानलाई हटाएको बारे सरकारलाई थाहा नभएको प्रतिक्रिया दिएका छन् ।
यस्तो छ पत्रकार र सरकारका प्रवक्ता गुरुङबीचको संवाद
पत्रकार : कुलमान घिसिङलाई हटाएको भन्ने खबर छ ?
मन्त्री गुरुङ : को'ले कुलमान घिसिङले भन्या ?
पत्रकार : हैन, हैन स्रोतले भनेको ?
मन्त्री गुरुङ : खोइ, सरकारलाई त थाहा छैन ।