
देशको पूर्व नेताप्रतिको बफादारीका कारण उत्पन्न भएको पछिल्लो कानूनी समस्यामा बङ्गलादेशको एक अदालतले क्रिकेटर शकिब अल हसनको सम्पत्ति जफत गर्ने आदेश दिएको छ ।
शकिब स्वेच्छाचारी पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टीका पूर्व सांसद समेत हुन् । हसिनालाई गत वर्ष विद्यार्थी नेतृत्वको विद्रोहमा हटाइएको थियो र उनी छिमेकी भारत पुगेकी थिइन् ।
हाल उनीमाथि तीन लाख डलरभन्दा बढीको चेकहरू बाउन्स गरेको भनी ठगीको आरोपमा मुद्दा चलिरहेको छ ।
अदालतले जनवरीमा शकिबको गिरफ्तारीका लागि वारेन्ट जारी गरेपछि राजधानी ढाकाका मजिस्ट्रेटले सोमबार जफत गर्ने आदेश दिएका हुन् ।
हसिनाको सरकार पतन हुँदा शकिब क्यानाडामा घरेलु टी- २० क्रिकेट प्रतियोगितामा खेलिरहेका थिए र त्यसयता उनी बङ्गलादेश फर्किएका छैनन् ।
बायाँ हातका अलराउन्डर शकिबले बङ्गलादेशका लागि ७१ टेस्ट, दुई सय ४७ एकदिवसीय अन्तर्राष्ट्रिय र एक सय २९ टी- २० खेलिसकेका छन् भने कुल सात सय १२ विकेट लिएका छन् ।