शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध #नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध
समाचार प्रदेश बागमती प्रदेश

काभ्रेमा तिहारभर टिपर सञ्चालनमा रोक

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ५७ मिनेट अगाडि प्रकाशित
काभ्रेमा तिहारभर टिपर सञ्चालनमा रोक
काठमाडौं, कात्तिक २० :

तिहारको अवधिभर काभ्रेपलाञ्चोकका मुख्य तथा सहायक सडकहरूमा टिपर सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकले सूचना जारी गर्दै तिहारको अवधिभर टिपर सञ्चालनमा रोक लगाइएको जनाएको हो ।

जिल्ला सुरक्षा समिति, काभ्रेपलाञ्चोकको बैठकको निर्णय अनुसार चाडपर्वका बेला सडकमा हुने सवारी चाप र त्यसबाट सिर्जना हुन सक्ने दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्न तथा यात्रुबाहक सवारी साधनहरूको आवागमनलाई सहज बनाउन टिपर सञ्चालनमा रोक लगाइएको काभ्रे प्रशासनले जनाएको छ ।
निर्णय अनुसार  कात्तिक २२ गते बिहान ५ बजे देखि कात्तिक २६ गते बेलुका ९ बजेसम्म विगतमा झैँ जिल्ला भित्रका मुख्य र सहायक सडकहरूमा टिपर सञ्चालन गर्न रोक लगाइएको व्यहोरासहित सम्बन्धित सबैलाई उक्त अवधिभर टिपर सञ्चालन नगर्न र नगराउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार