
सरकारले नेपाल स्टक एक्सचेन्ज(नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नारद कुमार लुइँटेललाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को सोमबारको बैठकले लुइँटेललाई नियुक्क गरेको हो ।
उनी यसअघि तारागाँउ विकास समितिको सदस्य सचिवमा नियुक्त भइसकेका छन् । प्रेम बहादुर आले संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुँदा २०७८ फागुनमा उनलाई तारागाँउ विकास समितिको सदस्य सचिवमा नियुक्त गरेका थिए।
यस्तै उनी तारागाउँमा विकास समितिमा दुई कार्यकाल सदस्य सचिवको रुपमा बसिसकेका छन्। सर्लाही घर भएका लुइँटेलले एमबीएसम्मको अध्ययन गरेका छन्।
यस्तै सरकारले पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा संक्रमणकालीन न्यायसम्बन्धी दुईवटा आयोगमा पदाधिकारी सिफारिस गर्न यसअघि बनाएको समितिलाई नै निरन्तरता दिएको छ।
मिश्र नेतृत्वको समितिमा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, अधिकारकर्मी एवं पूर्वराजदूत डा. अर्जुनकुमार कार्की , अधिकारकर्मी स्टेला तामाङ थिए र एकजना राष्ट्रिय मानव अधिकार आयोगका सदस्य थिए।