काठमाडौँ, चैत १२ :

देशमा पश्चिमी वायु तथा स्थानीय  वायुको आंशिक प्रभाव रहेको  छ । 

हाल देशको पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू- भागको  मौसम मुख्यतया सफा रहेको छ। 

आज दिउँसो देशको पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू- भागको मौसम मुख्यतया सफा रहनेछ । 

कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू- भागको एक- दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू- भागका एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, राती कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू- भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।