सोमबार, २ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सिन्धुली सुमो दुर्घटना#मृतको सनाखत#टाइगर श्राफ#गोली प्रहार#झलनाथ खनाल#केपी ओली#निःशुल्क यातायात सेवा#गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन #सिन्धुली सुमो दुर्घटना#मृतको सनाखत#टाइगर श्राफ#गोली प्रहार#झलनाथ खनाल#केपी ओली#निःशुल्क यातायात सेवा#गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन
समाचार अर्थतन्त्र

उड्ने कारको मूल्य कति ? [तस्बिर/भिडियोसहित]

‘नाडा अटो शो’ लाई ऐतिहासिक सफलता, भृकुटीमण्डपमा उड्ने ट्याक्सी हेर्नेको लर्को
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ६ भदौ, २०८२ मा प्रकाशित
उड्ने कारको मूल्य कति ? [तस्बिर/भिडियोसहित]
काठमाडौं, भदौ ६ :

काठमाडौंको भृकुटीमण्डपमा जारी १७औं ‘नाडा अटो शो-२०२५’ मा यतिबेला फ्लाइङ ट्याक्सी (उड्ने ट्याक्सी) ले यतिबेला सबै ध्यान केन्द्रित गरिरहेको छ ।

नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) को आयोजनामा भदौ ३ देखि जारी प्रदर्शनी भदौ ८ गतेसम्म चल्नेछ । प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेको प्रदर्शनीमा अन्य विभिन्न मोडलका सवारीसाधनसँगै चीनमा बनेको दिपलको ईभीटीओएल फ्लाइङ ट्याक्सी (उड्ने ट्याक्सी) ले विशेष आकर्षण बढाएको छ ।

अत्याधुनिक प्रविधियुक्त यो ट्याक्सी ‘एमएडब्लू वृद्धि अटोकर्प’ कम्पनीले नेपाल ल्याएको हो । एमएडब्लू चांगानकै लोकप्रिय उत्पादन ‘दिपल’ ब्रान्डका इलेक्ट्रिक कार आयात गर्दै आएको कम्पनी हो । ‘दिपल एस-०५’ हालै सार्वजनिक गरिएको थियो । बिजुलीबाट चल्ने र आफैं उडान भर्ने क्षमता भएको यो हवाई ट्याक्सीको नाम ‘इलेक्ट्रिक-भर्टिकली टेक अफ एन्ड ल्यान्डिङ’ (ई-भीटीओएल) हो ।

उड्ने ट्याक्सी प्रदर्शनीमा राखिएपछि यस वर्ष विगतको तुलनामा आगन्तुकको संख्या अत्यधिक बढेको नाडाका पूर्वअध्यक्ष कृष्णप्रसाद दुलालको भनाइ छ । दुलाल भन्छन्, ‘विगतका वर्षमा आयोजना हुँदै आएको अटो शोको तुलनामा यसपटक आगन्तुकको उपस्थिति सोचेभन्दा धेरै राम्रो छ । यसपटक स्टल पनि धेरै छन् । रोबोट, उड्ने ट्याक्सी राखिएका छन्, नयाँ प्रविधिले गर्दा अटो शो हेर्न आउने इन्जिनियरिङ र सूचना प्रविधिबारे अध्ययन गरिरहेका विद्यार्थी बढी छन् ।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार