नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले १५ औँ महाधिवेशनको तयारीलाई तीव्रता दिएको छ। यही मंसिर २१, २२ र २३ गते काठमाडौंमा हुने महाधिवेशनलाई लक्षित गर्दै उम्मेदवारी घोषणा गर्ने क्रम पनि सुरु भएको छ । यसैक्रममा काठमाडौंकी युवा प्रतिनिधि निमिता रेग्मीले शुक्रबार केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन्।
कांग्रेसमा नव–युवाहरूको नेतृत्व आवश्यक ठानेर नै आफूले उम्मेदवारी घोषणा गरेको उनले बताइन् । बदलिँदो समय, प्रविधि र सामाजिक विकाससँगै पार्टीलाई अघि बढाउन युवाको विचार, दृष्टिकोण र नेतृत्व अपरिहार्य रहेको उनको भनाइ छ।
एउटा इतिहास बोकेको पार्टी र त्यही इतिहासलाई सिक्दै आफ्नो युवा पुस्ताको आवाजको जिम्मेवारी लिन आफू अघि बढेको उनले बताइन् । रेग्मीले ‘सक्षम राजनीति, सहज राजनीति, जनहित राजनीति’ लाई आफ्नो मूल नारा बनाएकी छन्।
राजनीतिमा आउन चाहने युवा पुस्ताका लागि आशा र प्रेरणाको बाटो बन्ने आफ्नो चाहना रहेको बताउँदै उनले जनताको हित र पार्टीका सिद्धान्तसँग सम्झौता नगरी स्वच्छ तथा सकारात्मक राजनीतिक अभ्यास स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
उनी भन्छिन्, ‘म चाहन्छु, म एउटा बाटो बन्न पाउँ, जहाँबाट राजनीतिमा आउन चाहने मेरा दाजुभाइ तथा दिदीबहिनीहरूमा एउटा आशाको किरण जागोस्। स्वच्छ दिल र खुसीका साथ जनताका लागि र आफ्नो पार्टीप्रति सुधार र सिद्धान्तसँग सम्झौता गर्नुपर्ने अवस्था नआओस्।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
परराष्ट्रमन्त्री खनालले भने- प्रधानमन्त्रीको चीन भ्रमण कहिले हुन्छ भन्ने टुङ्गो छैन
निम्तो छ जाने टुंगो छैन : प्रधानमन्त्री शाहको चीन भ्रमण तत्काल नहुने
गगन थापाको माग : २०४६ सालदेखि सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गरियोस्
राप्रपाका एक लाख १० हजार क्रियाशील सदस्य अद्यावधिक, विगतको भन्दा कति घट्यो ?
थप समाचार
परराष्ट्रमन्त्री खनालले भने- प्रधानमन्त्रीको चीन भ्रमण कहिले हुन्छ भन्ने टुङ्गो छैन
विगतका सहमति कार्यान्वयन नभएको भन्दै शिक्षक महासंघ पुनः आन्दोलनको तयारीमा
आईएमई प्लाटिनम गल्फको उपाधि अश्माङ्क कार्कीले जिते, महिलातर्फ अञ्जिला बनिन् च्याम्पियन