गोकर्ण गल्फ क्लबमा आयोजित ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल २०२६’ को उपाधि अश्माङ्क कार्कीले जितेका छन् । आइतबार सम्पन्न दुईदिने प्रतियोगितामा १० ह्यान्डिक्यापमा खेलेका कार्कीले ४२ स्टेबलफोर्ड अङ्क जोड्दै उपाधि हात पारेका हुन्।
उपाधिसँगै कार्कीले ट्रफी, चन्द्रागिरि हिल्सको प्रेसिडेन्सियल सुइटमा एक रातको बसाइ, डिशहोम फाइबर इन्टरनेटको एक वर्षको सब्सक्रिप्सन तथा प्रतियोगिताको च्याम्पियनलाई प्रदान गरिने प्रतिष्ठित ‘ब्लु ज्याकेट’ प्राप्त गरे। प्रतियोगितामा ३८ अङ्क जोडेका ब्रिगेडियर जनरल सुभाषजङ्ग थापा काउन्टब्याकका आधारमा उपविजेता बने।
महिला गल्फरतर्फ अञ्जिला योञ्जन ३५ अङ्कसहित विजेता बनिन् भने ३३ अङ्क जोडेकी तारा कार्की चित्रकार उपविजेता भइन्। कूटनीतिक नियोगका गल्फरहरूको विधामा कर्णेल भी. सुब्रमण्यम तथा ६० वर्षमाथिको सिनियर विधामा तेन्डी शेर्पाले उपाधि जिते। प्रतियोगिताको पहिलो दिनको ट्रफी ३८ अङ्कसहित ऋषि अग्रवालले हात पारे। लङ्गेस्ट ड्राइभतर्फ पहिलो दिन स्वप्निल भट्टराई र दोस्रो दिन विज्ञान राणा विजेता बरे।
त्यसैगरी, क्लोजेस्ट टु द पिन अवार्ड पहिलो दिन वाङ्चेन ढोन्डुप र दोस्रो दिन तुलसी भट्टले जिते । मोस्ट बर्डिज (बर्डी मास्टर) अवार्ड पहिलो दिन टाशी डोङ र दोस्रो दिन संगम केसीले प्राप्त गरे। पाँचौँ होलमा ‘होल इन वान’ गरेका गौरव शाहले विशेष पुरस्कार प्राप्त गरे । दसौँ होलमा राखिएको स्कोडा कोडियाक कार भने कसैले जित्न सकेनन्। ग्लोबल आइएमई बैङ्कको प्रायोजनमा थ्री–क्वार्टर ह्यान्डिक्यापसहित स्टेबलफोर्ड फम्र्याटमा खेलाइएको उक्त प्रतियोगितामा पहिलो दिन ९५ र दोस्रो दिन ८० गरी कुल १७५ गल्फरको सहभागिता रहेको थियो। विजेताहरूलाई प्रमुख अतिथि नेपाल राष्ट्र बैङ्कका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल, ग्लोबल आइएमई बैङ्कका अध्यक्ष चन्द्र प्रसाद ढकाल, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल र गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेले पुरस्कार वितरण गरे।
अन्य सबै विधाका विजेताहरूले समेत चन्द्रागिरि हिल्समा एक रातको बसाइ र डिशहोम फाइबर इन्टरनेटको एक वर्षको प्याकेज प्राप्त गरेका छन्। विजेताहरुलाई पुरस्कृत गर्दै आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले प्रतियोगितामा सहभागी सबै गल्फरहरुप्रति आधार व्यक्त गरे । उनले उक्त खेललाई नेपालको प्राथमिकताको खेलको रुपमा विकास गर्न आफूहरु लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
परराष्ट्रमन्त्री खनालले भने- प्रधानमन्त्रीको चीन भ्रमण कहिले हुन्छ भन्ने टुङ्गो छैन
विगतका सहमति कार्यान्वयन नभएको भन्दै शिक्षक महासंघ पुनः आन्दोलनको तयारीमा
काठमाडौँका विभिन्न स्पाबाट १३ युवतीसहित एक बंगलादेशी नागरिक पक्राउ