परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहको चीन भ्रमणको मिति तय भई नसकेको बताएका छन्।
टोखा नगरपालिका–१ बौडेश्वर झोरमा आज आयोजित मतदाता भेटका क्रममा सञ्चारकर्मीको एक जिज्ञासामा मन्त्री खनालले भने, “छिमेकी मुलुक भारतको भ्रमण सकिएपछि उत्तरी छिमेकी चीनको भ्रमण हुन्छ भन्ने आधारमा विभिन्न सञ्चारमाध्यममा समाचार आए पनि अहिलेसम्म प्रधानमन्त्रीको चीन भ्रमण कहिले हुन्छ भन्ने टुङ्गो लागिसकेको छैन”, उनले भने ।
परराष्ट्रमन्त्री खनालले उच्चस्तरीय भ्रमणका लागि परराष्ट्र मन्त्रालयले निरन्तर तयारी गरिरहेको उल्लेख गरे । परराष्ट्र मन्त्रालयले आफ्नो तयारीको काम सधैँ अघि बढाउने उनको भनाइ थियो ।
यसैबीच मन्त्री खनालले कानुनी व्यवस्था सहज नभएसम्म लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न कठिन हुने बताए। उद्योग व्यवसाय फस्टाउने वातावरण बनेपछि मात्रै रोजगारी सिर्जना र आर्थिक समृद्धिले गति उनको भनाइ थियो ।
मन्त्री खनालले काठमाडौँ क्षेत्र नं ६ मा विकाससँग जोडिएका विभिन्न योजनामध्ये साङ्ला खोला करिडोरलाई जोड्ने विषयलाई आफूले प्राथमिकता दिएको उल्लेख गरे । काठमाडौँ क्षेत्र नं ६ को विकासका लागि आफू निरन्तर लागिपरेको उनको भनाइ थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
निम्तो छ जाने टुंगो छैन : प्रधानमन्त्री शाहको चीन भ्रमण तत्काल नहुने
गगन थापाको माग : २०४६ सालदेखि सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गरियोस्
राप्रपाका एक लाख १० हजार क्रियाशील सदस्य अद्यावधिक, विगतको भन्दा कति घट्यो ?
इनम सापकोटा प्रकरणको छानबिन गर्न तत्काल संसदीय समिति गठन गरियोस् : आङ्देम्बे
थप समाचार
विगतका सहमति कार्यान्वयन नभएको भन्दै शिक्षक महासंघ पुनः आन्दोलनको तयारीमा
आईएमई प्लाटिनम गल्फको उपाधि अश्माङ्क कार्कीले जिते, महिलातर्फ अञ्जिला बनिन् च्याम्पियन
काठमाडौँका विभिन्न स्पाबाट १३ युवतीसहित एक बंगलादेशी नागरिक पक्राउ