आइतबार, १३ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#परराष्ट्रमन्त्री शिशिर खनाल#प्रधानमन्त्रीको चीन भ्रमण#टुंगो छैन#नेपाल शिक्षक महासंघ#आन्दोलनको तयारीमा#प्लाटिनम गल्फ#अश्माङ्क कार्की#अञ्जिला योञ्जन#स्पा#गैरकानुनी क्रियाकलाप#देउवा कांग्रेस#प्रकाशशरण महत#वैदेशिक रोजगार ऐन#एआईजी सिद्धीविक्रम शाह#नेता उद्धव थापा#पीवाईईएक्स सियोल शिखर सम्मेलन#हामी तयार छौँ अभियान#नेपाली कांग्रेस #परराष्ट्रमन्त्री शिशिर खनाल#प्रधानमन्त्रीको चीन भ्रमण#टुंगो छैन#नेपाल शिक्षक महासंघ#आन्दोलनको तयारीमा#प्लाटिनम गल्फ#अश्माङ्क कार्की#अञ्जिला योञ्जन#स्पा#गैरकानुनी क्रियाकलाप#देउवा कांग्रेस#प्रकाशशरण महत#वैदेशिक रोजगार ऐन#एआईजी सिद्धीविक्रम शाह#नेता उद्धव थापा#पीवाईईएक्स सियोल शिखर सम्मेलन#हामी तयार छौँ अभियान#नेपाली कांग्रेस
राजनीति

निम्तो छ जाने टुंगो छैन : प्रधानमन्त्री शाहको चीन भ्रमण तत्काल नहुने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ४ घण्टा अगाडि प्रकाशित
निम्तो छ जाने टुंगो छैन : प्रधानमन्त्री शाहको चीन भ्रमण तत्काल नहुने
काठमाडौं, मंसिर १३ :

चिनियाँ पक्षले प्रधानमन्त्री बालेन शाहलाई चीन भ्रमणको निम्ता दिए पनि उनको बेइजिङ भ्रमण तत्काल नहुने देखिएको छ । दुवै पक्षका अनुसार भ्रमणको तयारीका लागि पर्याप्त समय नहुनु र नेपालमा स्थानीय तह निर्वाचनको तयारी अघि बढ्नु तत्काल भ्रमण हुन नसक्ने मुख्य कारण हुन् ।

स्रोतका अनुसार आगामी एक महिनाभित्र भ्रमणको तयारी पूरा हुने सम्भावना छैन । त्यसपछि स्थानीय निर्वाचनको कार्यतालिका सार्वजनिक हुने भएकाले चुनाव सम्पन्न नभएसम्म उच्चस्तरीय भ्रमण सम्भव नहुने देखिएको छ ।

बेइजिङस्थित नेपाली दूतावासले पनि प्रधानमन्त्रीको भ्रमणबारे हालसम्म कुनै औपचारिक सूचना वा तयारीसम्बन्धी निर्देशन प्राप्त नभएको जनाएको छ । यद्यपि, केही समयपछि भ्रमण हुन सक्ने सम्भावना भने खुला रहेको नेपाली पक्षको बुझाइ छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार