आइतबार, १३ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#परराष्ट्रमन्त्री शिशिर खनाल#प्रधानमन्त्रीको चीन भ्रमण#टुंगो छैन#नेपाल शिक्षक महासंघ#आन्दोलनको तयारीमा#प्लाटिनम गल्फ#अश्माङ्क कार्की#अञ्जिला योञ्जन#स्पा#गैरकानुनी क्रियाकलाप#देउवा कांग्रेस#प्रकाशशरण महत#वैदेशिक रोजगार ऐन#एआईजी सिद्धीविक्रम शाह#नेता उद्धव थापा#पीवाईईएक्स सियोल शिखर सम्मेलन#हामी तयार छौँ अभियान#नेपाली कांग्रेस #परराष्ट्रमन्त्री शिशिर खनाल#प्रधानमन्त्रीको चीन भ्रमण#टुंगो छैन#नेपाल शिक्षक महासंघ#आन्दोलनको तयारीमा#प्लाटिनम गल्फ#अश्माङ्क कार्की#अञ्जिला योञ्जन#स्पा#गैरकानुनी क्रियाकलाप#देउवा कांग्रेस#प्रकाशशरण महत#वैदेशिक रोजगार ऐन#एआईजी सिद्धीविक्रम शाह#नेता उद्धव थापा#पीवाईईएक्स सियोल शिखर सम्मेलन#हामी तयार छौँ अभियान#नेपाली कांग्रेस
समाचार शिक्षा

विगतका सहमति कार्यान्वयन नभएको भन्दै शिक्षक महासंघ पुनः आन्दोलनको तयारीमा

मंसिर मसान्तसम्म सरकारको बाटो हेर्ने : अध्यक्ष पन्त
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
विगतका सहमति कार्यान्वयन नभएको भन्दै शिक्षक महासंघ पुनः आन्दोलनको तयारीमा
काठमाडौं, मंसिर १३ :

नेपाल शिक्षक महासंघले विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै पुनः आन्दोलनमा जाने चेतावनी दिएको छ। शिक्षक तथा विद्यालय कर्मचारीका मागप्रति सरकारले संवेदनशीलता नदेखाएको निष्कर्ष निकाल्दै महासंघले माग सम्बोधन नभए कडा र निर्णायक आन्दोलनमा उत्रिने जनाएको हो।

महासंघले आइतबार विज्ञप्ति जारी गर्दै वर्तमान सरकारले शिक्षक–कर्मचारीका पिरमर्काप्रति संवेदनशीलता नदेखाएको आरोप लगाएको छ। यही अवस्था निरन्तर रहे आन्दोलनमा जान बाध्य हुने महासंघको चेतावनी छ।

महासंघका अध्यक्ष सुन्दर पन्तले गत वैशाखमा मन्त्रिपरिषद्बाट स्वीकृत नौबुँदे सहमति कार्यान्वयन नभएकाले आन्दोलनको अवस्था सिर्जना भएको बताए। उनका अनुसार महासंघले मंसिर मसान्तसम्म सरकारको कदम हेर्ने र त्यसपछि आन्दोलनबारे निर्णय गर्नेछ।

‘पछिल्लो पटक भएको नौबुँदे सहमतिमा शिक्षकका सबै मागमुद्दा समेटिएका छन्। तर कार्यान्वयन भएको छैन,’ अध्यक्ष पन्तले भने, ‘यो महिनाको अन्तिमसम्म हेर्छौं। त्यसपछि महासंघले आन्दोलनको निर्णय गर्छ।’

गत भदौमै आन्दोलनको तयारी गरेको महासंघले रसुवामा आएको बाढी तथा नेतृत्व परिवर्तनका कारण आन्दोलन स्थगित गरेको थियो। महासंघको अध्यक्षमा सुन्दर पन्त चयन भएपछि आन्दोलनको कार्यक्रम रोकिएको थियो। तर, सरकारले विगतका सहमति कार्यान्वयन नगरेको भन्दै महासंघ पुनः आन्दोलनको तयारीमा जुटेको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार