इन्टरपोलको ९४औँ महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धीविक्रम शाह नेतृत्वको टोली चीन प्रस्थान गरेको छ । इन्टरपोल महासचिवालयको आयोजनामा चीनको हङकङमा यही मङ्सिर १४ देखि १७ गतेसम्म सञ्चालन हुने उक्त महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्थान गरेको हो ।
उक्त महासभामा अन्तरराष्ट्रियस्तरमा हुने अपराधको रोकथाम तथा न्यूनीकरणको लागि इन्टरपोलको विभिन्न नीति निर्माणका प्रकृयाका सम्बन्धमा छलफल हुने प्रहरीले जनाएको छ । नेपाली प्रतिनिधिमण्डलले इन्टरपोलका अध्यक्ष तथा महासचिवसँग शिष्टाचार भेटघाट एवं कतार, भारत, जापान, बेलायत, अष्ट्रेलिया, मलेसिया, संयुक्त अरब इमिरेट्स (युएई) र ओमनका प्रतिनिधिसँग अन्तरराष्ट्रिय प्रहरी समन्वय अभिवृद्धिका सम्बन्धमा द्विपक्षीय छलफल गर्नेछ ।
शाह नेतृत्वको प्रतिनिधिमण्डलमा प्रहरी नायब महानिरीक्षक राजेन्द्रप्रसाद भट्ट र इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक मित्रबन्धु शर्मा सहभागी छन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
परराष्ट्रमन्त्री खनालले भने- प्रधानमन्त्रीको चीन भ्रमण कहिले हुन्छ भन्ने टुङ्गो छैन
विगतका सहमति कार्यान्वयन नभएको भन्दै शिक्षक महासंघ पुनः आन्दोलनको तयारीमा
आईएमई प्लाटिनम गल्फको उपाधि अश्माङ्क कार्कीले जिते, महिलातर्फ अञ्जिला बनिन् च्याम्पियन