आइतबार, १३ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#परराष्ट्रमन्त्री शिशिर खनाल#प्रधानमन्त्रीको चीन भ्रमण#टुंगो छैन#नेपाल शिक्षक महासंघ#आन्दोलनको तयारीमा#प्लाटिनम गल्फ#अश्माङ्क कार्की#अञ्जिला योञ्जन#स्पा#गैरकानुनी क्रियाकलाप#देउवा कांग्रेस#प्रकाशशरण महत#वैदेशिक रोजगार ऐन#एआईजी सिद्धीविक्रम शाह#नेता उद्धव थापा#पीवाईईएक्स सियोल शिखर सम्मेलन#हामी तयार छौँ अभियान#नेपाली कांग्रेस #परराष्ट्रमन्त्री शिशिर खनाल#प्रधानमन्त्रीको चीन भ्रमण#टुंगो छैन#नेपाल शिक्षक महासंघ#आन्दोलनको तयारीमा#प्लाटिनम गल्फ#अश्माङ्क कार्की#अञ्जिला योञ्जन#स्पा#गैरकानुनी क्रियाकलाप#देउवा कांग्रेस#प्रकाशशरण महत#वैदेशिक रोजगार ऐन#एआईजी सिद्धीविक्रम शाह#नेता उद्धव थापा#पीवाईईएक्स सियोल शिखर सम्मेलन#हामी तयार छौँ अभियान#नेपाली कांग्रेस
राजनीति

इनम सापकोटा प्रकरणको छानबिन गर्न तत्काल संसदीय समिति गठन गरियोस् : आङ्देम्बे

अनुसन्धानको नाममा नियोजित रूपमा फसाउने षड्यन्त्रको तानाबाना बुनिरहेको आरोप
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ७ घण्टा अगाडि प्रकाशित
इनम सापकोटा प्रकरणको छानबिन गर्न तत्काल संसदीय समिति गठन गरियोस् : आङ्देम्बे
काठमाडौं, मंसिर १३ :

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हिरासतमा रहेका इनम सापकोटा प्रकरणमा उठेका  सम्पूर्ण आरोपहरूको छानबिन गर्न संसदीय समिति बनाउन माग गरेको छ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गरेका हुन्। 

सरकारले इनम सापकोटा प्रकरणको अनुसन्धान गर्ने नाममा नियोजित रूपमा फसाउने षड्यन्त्रको तानाबाना बुनिरहेको उनको आरोप थियो । उनले अनुसन्धानको नाममा कसैलाई दबाब दिएर इच्छाअनुसारको बयान गराउन खोज्नु र राजनीतिक प्रतिशोध साँध्न राज्यशक्तिको दुरुपयोग गर्नु लोकतान्त्रिक मूल्य र कानुनी शासनको मर्मविपरीत भएको  ठहर गरेका छन् ।

आइतबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले ‘प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापालगायत अन्य व्यक्तिहरूलाई लक्षित गरी सत्तापक्षबाटै बयानको पटकथा तयार पार्ने, हिरासतमा रहेका व्यक्तिको मोबाइल अनधिकृत व्यक्तिले जफत गरेर दुरुपयोग गरी तयार पारेको कागज पढ्न बाध्य पार्ने र नमाने फसाइदिने धम्की दिने काम भइरहेको हो भने यो सामान्य विषय नभएको’ उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘यो विधिको शासनमाथिको गम्भीर प्रहार हो। हिरासतमा रहेका इनम सापकोटाले आफ्नी श्रीमतीमार्फत राष्ट्रिय मानवअधिकार आयोगमा दिएको निवेदनले सार्वजनिक गरेका तथ्यहरूले गम्भीर प्रश्नहरू जन्माएका छन्। अनुसन्धानको नाममा कसैलाई दबाब दिएर इच्छाअनुसारको बयान गराउन खोज्नु र राजनीतिक प्रतिशोध साँध्न राज्यशक्तिको दुरुपयोग गर्नु लोकतान्त्रिक मूल्य र कानुनी शासनको मर्मविपरीत हो। प्रधानमन्त्रीज्यूबाट यसको स्पष्ट जवाफ आउँछ भन्ने अपेक्षा कमै छ। तैपनि प्रश्न गर्न चाहन्छु- सरकार इनम सापकोटा प्रकरणको निष्पक्ष अनुसन्धान गरिरहेको छ कि नियोजित रूपमा फसाउने षड्यन्त्रको तानाबाना बुनिरहेको छ?’

उनका अनुसार सत्ता स्थायी हुँदैन, तर राज्यका संस्थाहरूको विश्वसनीयता र कानुनी शासन स्थायी हुनुपर्छ। आरोपको सत्यतथ्य सार्वजनिक होस् र दोषी देखिए जोसुकै भए पनि कानुनबमोजिम कारबाही होस्। लोकतन्त्रमा फरक विचार राख्नेलाई फसाउने पटकथा होइन, न्याय सुनिश्चित गर्ने कानुन आवश्यक छ। 
संसदमा जोडदार रुपमा आवाज उठाउने गरेका आङ्देम्बेले बैठक नभएपछि समाजिक सञ्जालमार्फत पार्टीको धारणा व्यक्त गरेका हुन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार