
काठमाडौं, चैत १२ :
सत्तारुढ दलहरूको बैठक प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसिरहेको छ । प्रधानमन्त्री केपी ओलीको सचिवालयका अनुसार बैठकको एजेन्डाबारे थाहा नभए पनि समसामयिक राजनीतिक घटनाक्रम तथा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीको विषयमा छलफल भइरहेको जनाइएको छ ।
बैठकमा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत सहभागी छन् ।