काठमाडौँ, चैत १३ :

 

मेष : रोगसँग लड्ने क्षमता वृद्धि हुनेछ । शिक्षामा गरेको प्रयास सफल बन्नेछ । 

वृष : परिवारको निगरानी हुने भएकाले काम गर्दा सचेत बन्नुहोला । जग्गा सम्बन्धी कारोबारमा फाइदा हुनेछ ।

मिथुन : प्रेम सम्बन्ध सुमधुर बन्नेछ । शिक्षाको क्षेत्रमा गरेको मिहिनेत खेर जाने छैन् ।

कर्कट : आफ्ना योजना गोप्य राखेर काम गर्नु उचित होला । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ ।

सिंह :  स्वास्थ्यका लागि खानपानमा ख्याल गर्नुपर्नेछ । समस्यामा परिवारको साथ र सहयोग मिल्नेछ ।

कन्या : धर्मिक कार्यबाट दिनको सुरुवात गर्दा मन शान्त हुनेछ । साथीभाइको साथ र सहयोग मिल्ने दिन छ । 

तुला :  बोली र व्यवहारका कारण रोकिएका कामहरू पुरा हुनेछन् । उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ । 

वृश्चिक : दिन राम्रो छ । गुम्न लागेको सम्पत्ति फिर्ता हुनेछ । स्वास्थ्यमा सुधार आउनाले दिन सहज बन्नेछ ।

धनु : राजनीतिमा सेवा गर्ने अवसर मिल्नेछ । साथीभाइबाट तपाईंको कामप्रति प्रशंसा हुनेछ । 

मकर : परोपकारका क्षेत्रमा मन जानेछ । संयुक्त व्यवसायका लागि लगानी नगरेकै उचित हुनेछ ।

कुम्भ : विदेश भ्रमणको यात्रा तय हुनेछ । कुनैपनि काम गर्दा साथीभाइबाट जोगिनुपर्नेछ । 

मीन : काम गर्ने हिम्मत बढेर जानेछ । संकटमा परिवारको साथ र सहयोग मिल्नेछ ।