बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति भिडियो

कुलमानलाई हटाएको विरोधमा संसद् अवरोध गर्ने विपक्षी दलहरुको निर्णय

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १३ चैत, २०८१ मा प्रकाशित
कुलमानलाई हटाएको विरोधमा संसद् अवरोध गर्ने विपक्षी दलहरुको निर्णय
काठमाडौं, चैत १३ :

विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अपमानपूर्वक हटाएको भन्दै प्रतिनिधिसभा बैठक अवरोध गर्ने निर्णय गरेका छन् ।

आज बिहान बसेको विपक्षी दलको बैठकले प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरोध गर्ने निर्णय गरेको नेसपा अध्यक्ष महिन्द्र राय यादवले जानकारी दिए ।

विपक्षी दलहरुको बैठकपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले पनि सरकारको दम्भले कर्मचारीलाई बर्खास्त गरेको बताए । उनले सरकार संविधानभन्दा माथि छ र भन्दै प्रतिप्रश्नसमेत गरे । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार