
काठमाडौं, चैत १३ :
विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अपमानपूर्वक हटाएको भन्दै प्रतिनिधिसभा बैठक अवरोध गर्ने निर्णय गरेका छन् ।
आज बिहान बसेको विपक्षी दलको बैठकले प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरोध गर्ने निर्णय गरेको नेसपा अध्यक्ष महिन्द्र राय यादवले जानकारी दिए ।
विपक्षी दलहरुको बैठकपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले पनि सरकारको दम्भले कर्मचारीलाई बर्खास्त गरेको बताए । उनले सरकार संविधानभन्दा माथि छ र भन्दै प्रतिप्रश्नसमेत गरे ।