काठमाडौं, चैत १३ :

सङ्घीय संसद्‌अन्तर्गत प्रतिनिधिसभा बैठक बसिरहेको छ ।

बैठकमा प्रतिनिधिसभा बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची छ ।

त्यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

तर सरकारले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा विपक्षी दलले अवरोध गरिरहेका छन् ।
हेर्नुहोस् लाइभ :