काठमाडौं, चैत १३ :

सेयर बजारमा करेक्सन देखिएको छ । अघिल्लो दिन (मंगलबार) ५८ अंक घटेको सेयर बजार आज (बुधबार) भने ३९.१३ अंकले बढेको छ । सेयर बजारका सबै सूचक पनि बढेका छन् । योसँगै २,६२१.८६ अंकमा कायम रहेको नेप्सेमा बुधबार ४ अर्ब २० करोड ४४ लाख रुपैयाँभन्दा बढीको कारोबार भए ।

यसैगरी (क) वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स ५.७१ अंकले बढेर ४४०.६९ अंकमा पुगेको छ । बुधबार कुल २३१ कम्पनीको मूल्य बढ्दा १२ को घट्यो । सबै समूहका सूचक बढेका छन् । अन्य र जीवन बिमा समूह सबैभन्दा धेरै २/२ प्रतिशत बढे ।

नेप्सेमा आज ३१७ कम्पनीको ४८ हजार सात सय ८५ पटकको कारोबारमा ९१ लाख ४२ हजार ९४१ कित्ता सेयर खरिद-बिक्री भए । जसअनुसार कुल कारोबार रकम चार अर्ब २० करोड ४४ लाख आठ हजार आठ सय ९४ रुपैयाँ पुगेको छ ।

आज बैंकिङ १.१५, विकास बैंक १.१९, फाइनान्स १.७५, होटेल तथा पर्यटन १.७८, हाइड्रोपावर १.७०, लगानी १.६७, जीवन बिमा २.०६, उत्पादन ०.९८, माइक्रोफाइनान्स १.३०, निर्जीवन बिमा १.७५, अन्य २.०९ तथा व्यापार १ प्रतिशत बढेका छन् ।

यस दिन धेरै कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, नारायणी डेभलपमेन्ट बैंक तथा युनाइटेड मोदी हाइड्रोपावर क्रमशः अगाडि रहे । आज धेरै कमाउनेको सूचीको पहिलो नम्बरमा माउन्टेन हाइड्रो र धेरै गुमाउने सूचीको पहिलो नम्बरमा उपकार लघुवित्त वित्तीय संस्था परेको छ ।