
मेष : कडा मिहिनेतले गरिएको कामबाट लाभ हुने सम्भावना छ । एकोहोरो मायाले सताउनेछ ।
वृष : स्वास्थ्यका लागि खानपानप्रति सजग रहनुहोला, सांस्कृतिक सभा समारोहमा सरिक हुने दिन छ ।
मिथुन : यो राशि हुनेहरूले आज भोकालाई भोजन दिँदा पुण्य प्राप्त हुनेछ । खैरो रङको प्रयोग शुभ रहेको छ ।
कर्कट : साथीभाइसँगको भेटघाटले मन प्रफुल्ल रहला । आकस्मिक धनलाभ हुन सक्छ ।
सिंह : सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।
कन्या : रमणीय र सुखद यात्राको योग रहेको छ । श्रमको उचित मूल्याङ्कन हुनेछ ।
तुला : माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ । व्यवसायसँगै आम्दानीका स्रोत बढ्नेछन् ।
वृश्चिक : विष्णु भगवान्लाई स्मरण गरी दिनको सुरुवात गर्नु राम्रो हुनेछ । सरुवा बढुवाको योग रहेको छ ।
धनु : लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछन् । सन्तान प्राप्ति हुने दिन रहेको छ ।
मकर : पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । मनोरञ्जनात्मक कार्यमा सहभागी भइएला ।
कुम्भ : एउटै कामबाट दोहोरो फाइदा मिल्नेछ । साँझमा रमाइलो यात्राको सम्भावना रहेको छ।
मीन : घरबाट निस्कँदा दही खानु शुभ हुनेछ । दीर्घकालिक फाइदा पुग्नेगरि अधुरा काम सम्पन्न हुनेछन् ।