
फाइल तस्बिर।
काठमाडौं, चैत १४ :
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कुलमान घिसिङको विषयलाई लिएर संसद् बैठक अवरुद्ध गर्नु संविधान विपरीत रहेको बताएका छन्।
संसद् बाहिर बिहीबार पत्रकारसँग कुरा गर्दै उनले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्तीमा परेका घिसिङको विषय अदालत गइसकेको हुँदा प्रतिपक्षी दलहरुले संसद् अवरोध गर्नुको कुनै तुक नभएको बताए ।
बिहान ११ बजेका लागि बोलाइएको संसद् बैठक प्रतिपक्षी दलहरूले अवरोध गर्ने भएपछि २ बजेका लागि सारिए पनि अझै सुरु हुन सकेको छैन।
प्रतिपक्षी दलहरूले कुलमानलाई हटाउनुको कारण प्रधानमन्त्री केपी शर्मा ओलीबाट जवाफ माग गरेका छन्। तर प्रधानमनत्री ओलीले भने जवाफ नदिने पक्षमा छन्। हिजो एक सार्वजनिक कार्यक्रममा उनले ‘एउटा हटायो, अर्को नियुक्ति गर्यो । सक्कियो । त्यही हो जवाफ’भनेका थिए ।