काठमाडौँ, चैत १५ :

 

मेष :  बिहानै पितृको सम्झना गरि शुद्ध जल अपर्ण गर्दा उत्तम हुनेछ । आफन्तको सहयोगले महत्त्वपूर्ण कार्यहरू बन्नेछन् ।

वृष : सहकार्यमा गरेका कामले नयाँ अनुभव मिल्नेछ । मिठास बोलीका कारण अधुरा कामहरू पुरा हुनेछन् ।

मिथुन : अल्छीपना त्यागेर गरेको काममा सफलता मिल्ने छ । राम्रो काम गर्दागर्दै पनि अरुको वचन सुन्नुपर्ने छ ।

कर्कट : ठीक समयमा सही निर्णय लिन सकिएला । धार्मिक तथा सामाजिक क्षेत्रमा भ्रमण हुन सक्छ । 

सिंह : घरमा पाहुनाको आगमन हुनेछ । पुराना प्रेमी प्रेमिकाले सम्झँदा मन भावुक बन्न सक्ला ।

कन्या : धन आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन् । आफ्नै क्षमतामा विभिन्न कार्य सम्पन्न हुनेछन् ।

तुला : पारिवारिक मिलनको रमाइलो जमघट हुनेछ । शुभ समाचार सुन्न पाइनेछ। शुभकार्यको चर्चा चल्नेछ ।

वृश्चिक : आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । महत्त्वाकाङ्क्षी योजना भने गोप्य राखेर अघि बढ्नुपर्ने दिन छ ।

धनु : अरुको विश्वास गर्दा निर्णय कार्यान्वयन नहुन सक्छ । दुबिधा नराखी आफ्ना कार्यहरू अघि बढाउनु होला ।

मकर : गोपनीय ढङ्गले गरिएका काममा सफलता मिल्ने छ । समाजसेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । 

कुम्भ : लगनशीलताले बढी अवसर दिलाउनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । 

मीन : पर्यटकीय भ्रमणमा निस्कने योजना बन्नेछ । मन पर्ने व्यक्‍तिसँगको भेटघाटले कार्यक्षेत्रमा उत्साह जगाउनेछ ।