मकवानपुर, चैत १५ :

मकवानपुरको मनहरि गाउँपालिका ६, लोथर बजारस्थित पूर्व-पश्चिम राजमार्गमा सवारीसाधन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

आज (शुक्रबार) बिहान चितवनबाट हेटौँडातर्फ जाँदै गरेको बा.प्र.०३-००६ख ५६८१ नम्बरको बस र मनहरिबाट चितवनतर्फ जाँदै गरेको बा.प्र.०३-००१च ३०१२ नम्बरको जिप ठोक्किँदा जिपका चालक ३२ वर्षीय  सन्देश कोइरालाको मृत्यु भएको प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए ।

मकवानपुरको राक्सिराङ गाउँपालिका ४ घर भएका चालक कोइरालाको टाउको, खुट्टा तथा शरीरका विभिन्न भागमा गहिरो चोट लागेको थियो । उनको चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।