बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

एसईईलक्षित गर्दै गणतन्त्रवादी र राजावादी समूहको प्रदर्शन १२ बजेपछि

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १५ चैत, २०८१ मा प्रकाशित
एसईईलक्षित गर्दै गणतन्त्रवादी र राजावादी समूहको प्रदर्शन १२ बजेपछि
फाइल फोटो : राजावादी प्रदर्शन
काठमाडौँ, चैत १५ :

गणतन्त्रवादी र राजावादी समूहले प्रदर्शनको समय संशोधन गरेका छन् ।

यसअघि ११ बजेदेखि प्रदर्शन सुरु गर्ने भनिएकामा माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई लक्षित गरेर एकघण्टा पछि सारिएको छ ।

एसईई ११ बजे सकिने र १२ बजेभित्र सबै परीक्षार्थी घरघरमा पुग्ने अनुमान गर्दै १२ बजेपछि मात्रै प्रदर्शन सुरु गर्ने दुवै समूहले जनाएका छन् ।

तर एसईई नसकिँदै सडकमा दुवै समूहका कार्यकर्ताहरु ठुलो संख्यामा भेला हुन थालेका छन् ।

राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त समितिले तिनकुनेमा सभा राखेको छ । त्यस्तै, आजै गणतन्त्रको पक्षमा समाजवादी मोर्चाले भृकुटीमण्डपमा सभा गर्दै छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार