
फाइल फोटो : राजावादी प्रदर्शन
काठमाडौँ, चैत १५ :
गणतन्त्रवादी र राजावादी समूहले प्रदर्शनको समय संशोधन गरेका छन् ।
यसअघि ११ बजेदेखि प्रदर्शन सुरु गर्ने भनिएकामा माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई लक्षित गरेर एकघण्टा पछि सारिएको छ ।
एसईई ११ बजे सकिने र १२ बजेभित्र सबै परीक्षार्थी घरघरमा पुग्ने अनुमान गर्दै १२ बजेपछि मात्रै प्रदर्शन सुरु गर्ने दुवै समूहले जनाएका छन् ।
तर एसईई नसकिँदै सडकमा दुवै समूहका कार्यकर्ताहरु ठुलो संख्यामा भेला हुन थालेका छन् ।
राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त समितिले तिनकुनेमा सभा राखेको छ । त्यस्तै, आजै गणतन्त्रको पक्षमा समाजवादी मोर्चाले भृकुटीमण्डपमा सभा गर्दै छ ।