काठमाडौं, चैत १५ :

काठमाडौं प्रदर्शनीमार्गमा समाजवादी मोर्चा अर्थात् गणतन्त्रवादीले गरेको सभामा नेताहरुले बोल्ने क्रम चलिरहेको छ ।

‘यथास्थिति र प्रतिगामी षड्यन्त्रको विरोध गरौं, गणतन्त्रको सम्वर्द्धन र राष्ट्रिय स्वाधीनताको संरक्षण गरौँ’ भन्ने नाराका साथ मोर्चाले सभाको आयोजना गरेको हो ।

विभिन्न क्षेत्रबाट र्‍यालीसहित मोर्चाका नेता-कार्यकर्ता सभास्थल प्रदर्शनीमार्ग पुगेका थिए । सभामा माओवादी केन्द्रका  अध्यक्ष  पुष्पकमल दाहाल, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, एकीकृत समाजवादीका माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरुको उपस्थिति छ ।

उता तीनकुनेमा राजावादीहरुको सभा भने बिथोलिएको छ ।

हेरौं प्रदर्शनीमार्गमा गणतन्त्रवादीहरुले गरेको सभाका केही तस्बिर :