
काठमाडौं, चैत १५ :
प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।
संसद् बैठकको गतिरोध, प्रतिस्थापन विधेयकलगायत विषयमा ओलीले सम्बोधन गर्ने नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
विपक्षी दलहरुले कुलमान घिसिङलाई नेपाल प्राधिकरणका कार्यकारी निर्देशक पदबाट बर्खास्ती गरेका विषयलाई लिएर तीन दिनदेखि संसद् बैठक अवरोध गरिरहेका छन् । -रासस