काठमाडाैं, चैत १५ :

जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने आसपास जारी कर्फ्युको समय लम्ब्याएको छ। शनिबार बिहान ७ बजेसम्मका लागि कर्फ्युको समय थप गरिएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिएका छन्।

राजावादीहरूको प्रदर्शन उग्र बनेपछि प्रशासनले काठमाडौंको तीनकुनेसहितका क्षेत्र तोकेर आज राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो। शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्मका पाँच स्थान तोकेर जारी गरिएको कर्फ्यु आदेश भोलि बिहान ७ बजेसम्मका लागि थप गरिएको हो।

कर्फ्यु आदेश जारी गर्नुअघि प्रहरीले माइकिङ गरेर सूचना दिएको थियो। तर, कर्फ्यु लागु भइसकेपछि पनि प्रदर्शनकारीहरूले काठमाडौंका विभिन्न स्थानमा तोडफोड र आगजनी गरेका छन्।