काठमाडाैं, चैत १६ :

सरकारले तीनकुनेमा शुक्रबार भएको हिंसात्मक घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने भएको छ । शुक्रबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

त्यस घटनाको सत्य-तथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न र अबका दिनमा यस्ता घटना दोहोरिन नदिन गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको सरकारका प्रवक्ता एव् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

यस्तै प्रदर्शनका क्रममा घाइते भएकाहरुको उपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ । राजावादीको प्रदर्शन हिंसात्मक भएपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको थियो ।