काठमाडाैं, चैत १६ :

राप्रपा नेपालका अध्यक्ष कमल थापाले चैत १५ गते काठमाडौँमा राजावादीहरूको प्रदर्शनमा भएका हिंसा र अराजक घटनाको विरोध गरेका छन्।

तीनकुनेमा भएको आक्रमण र आगजनीमा करोडौँको धनमाल क्षति हुनुका साथै दुई जनाको मृत्यु भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न उनले माग गरेका छन्।

थापाले हिंसाको विरोध गर्दै सुरक्षाकर्मीको भूमिकामाथि प्रश्न उठाएका छन्। उनले प्रहरीले अनावश्यक बल प्रयोग गरी स्थिति उत्तेजित बनाएको आरोप लगाउँदै आन्दोलनलाई कमजोर पार्ने प्रयास नगरियोस् भनी चेतावनी दिएका छन्।

हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाका पक्षमा शान्तिपूर्ण रूपमा अगाडि बढ्ने प्रतिबद्धता जनाउँदै उनले राष्ट्रवादी आन्दोलनलाई थप सशक्त बनाउन आह्वान गरेका छन्। साथै, धवल शमशेर राणा, रवीन्द्र मिश्र, नवराज सुवेदी, स्वागत नेपाल लगायतका नेताहरू संलग्न नरहेको भन्दै उनीहरूको तत्काल रिहाइको माग गरेका छन्।