
काठमाडाैं, चैत १६ :
राप्रपाका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य डा. धवल शमशेर राणा पक्राउ परेको बारेमा संसद् सचिवालयलाई जानकारी गराइएको छ। सांसद पक्राउ परेको जानकारी सभामुख र संसद् सचिवालयलाई प्रहरीद्वारा दिइएको छ।
तीनकुने क्षेत्रमा शुक्रबार भएको राजावादीको प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले सोही दिन राणालाई पक्राउ गरेको हो।
नेपालको संविधानको धारा १०३ को उपधारा ३ अनुसार संसद् सचिवालयले सांसद पक्राउबारे सूचना प्राप्त भएपछि सभामुखलाई जानकारी गराउनुपर्ने व्यवस्था छ।
यसैबीच, प्रतिनिधिसभाको अर्को बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ।