बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

राजावादीले स्वतन्त्र प्रेसलाई आक्रमणको निशाना बनाए , सञ्चार जगत् एकताबद्ध हुनुपर्नेमा प्रचण्डको जोड

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १६ चैत, २०८१ मा प्रकाशित
राजावादीले स्वतन्त्र प्रेसलाई आक्रमणको निशाना बनाए , सञ्चार जगत् एकताबद्ध हुनुपर्नेमा प्रचण्डको जोड
काठमाडाैं, चैत १६ :

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजाका समर्थकले गरेको तोडफोड र आगजनीका घटना कुनै हालतमा क्षम्य नभएको बताएका छन् ।

प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनको आज(शनिबार)  उद्घाटन गर्दै उनले सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड र आगजनी गर्नेमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए ।

‘गणतन्त्रवादीले निरङ्कुशतावादी र आपराधिक मनस्थितिका मान्छेलाई कडा कारबाही गरेर जनतहितमा अगाडि बढ्ने यो सही समय हो,’अध्यक्ष दाहालले भने, ‘सरकारले यो बेलामा कडा कदम चाल्यो भने हाम्रो समर्थन हुन्छ, तर सरकारले फेरि सम्झौता गर्ने र उनीहरुलाई मनोमनी गर्ने अवसर दियो भने त्यसले देशलाई फाइदा गर्दैन ।’

राजावादीले स्वतन्त्र प्रेसलाई आक्रमणको निशाना बनाएको उल्लेख गर्दै अध्यक्ष दाहालले समाजलाई पछाडि धकेल्ने प्रवृत्तिविरुद्ध सिङ्गो सञ्चार जगत् एकताबद्ध हुनुपर्नेमा जोड दिए । ‘अग्रगमन, शान्ति, विकासको चेतना फैलाउने प्रेस सामन्तीको निशाना बन्यो,’ उनले भने, ‘निरङ्कुश प्रवृत्ति रोक्न सञ्चार क्षेत्रले विशेष भूमिका निर्वाह गर्नुपर्छ, यसो गर्न विलम्ब नगर्नुहोला ।’

मुलुकको राजनीतिक परिवर्तनमा विगतदेखि नै सञ्चार क्षेत्रको योगदान रहेको जनाउँदै अध्यक्ष दाहालले लामो सङ्घर्षबाट स्थापित  सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ बनाउन प्रेसको अझ सशक्त हुनुपर्ने बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार