काठमाडाैं, चैत १६ :

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्रलाई जरिवाना गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय हाँस्यास्पद भएको टिप्पणी गरेका छन् ।

मेयर बालेन साहले पूर्वराजालाई जरिवाना पत्र काटेर गल्ती गरेको भन्दै जरिवाना  पत्रको भाषा पनि अशिष्ट र अमर्यादित भएको उल्लेख गर्दै आपत्ति जनाए । उक्त पत्र फिर्ता लिनु बुद्धिमानी हुने उनको सुझाव छ।

संयुक्त जनआन्दोलन समिति र नागरिक बचाउ अभियानले जिल्ला प्रशासनसँग स्वीकृति लिएर कार्यक्रम गरेको रेकर्ड हेर्न महानगरपालिकालाई थापाले आग्रह गरे।

राजसंस्था पक्षधरको प्रदर्शनका क्रममा तीनकुनेलगायतका क्षेत्रमा बोटबिरूवा भाँचेको, दमकललगायतमा क्षति पुर्‍याएको भन्दै विभिन्न शीर्षकमा महानगरले ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेर पूर्वराजालाई पत्र काटेको छ।