काठमाडौँ, चैत १७ :

 

मेष : आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । सांस्कृतिक सभासमारोहमा सहभागी हुने सम्भावना छ । 

वृष : यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्दा उचित हुनेछ । सजिलै अरूको विश्वास नगरेको राम्रो ।

मिथुन : प्रेम जीवन सुखद रहनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहला ।

कर्कट : लामो समयदेखि रोकिएका काम पूरा हुनेछन् । आकस्मिक लाभ र शुभ समाचार सुन्न पाइनेछ । 

सिंह : छलकपट र जालझेलबाट सावधान रहनुहोला । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । 

कन्या : स्वादिष्ट भोजनका लागि निमन्त्रणा आउनेछ । समाजसेवामा मन जानेछ । गुलाबी रङको प्रयोग शुभ छ ।

तुला : बुद्धिको उपयोगले जटिल काम सम्पन्न हुनेछन् । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । 

वृश्चिक : मध्य दिनबाट भने रमाइलो यात्रा गर्ने अवसर जुर्नेछ । पुनर्मिलनका साथै दाम्पत्य सुख मिल्नेछ ।

धनु : कृषि र व्यावसायिक कामबाट राम्रो फाइदा हुनेछ । मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ

मकर :  धार्मिक भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्ने योग रहेको छ ।

कुम्भ : रोकिएका काम पुनः सुरु हुनेछन् । वैदेशिक रोजगारीका लागि गरिएका प्रयास सफल बन्नेछ ।

मीन : बिहानै गणेश भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु उचित हुनेछ । चिताएको कामले तीव्रता लिनेछ ।