काठमाडौं, चैत १६ :

घोडेजात्राको अवसरमा नेपाली सेनाले टुँडिखेलमा विशेष कार्यक्रम गरेको छ । प्रत्येक वर्ष चैत्र कृष्ण औँशी तिथिमा काठमाडौं उपत्यकामा परम्परागत घोडेजात्रा पर्व विविध कार्यक्रमसहित मनाउने गरिन्छ ।

नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा गरेको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, उपप्रधानमन्त्री, मन्त्री, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिलगायत उच्च पदस्थ अधिकारीहरूले सेनाद्वारा प्रदर्शन गरिएको अश्वकलाको अवलोकन गरेका छन् ।

समारोहमा घोडा दौड, घोडा जम्पलगायत विभिन्न रोचक कला प्रदर्शन गरिएका थिए । घोडाले गर्ने सामान ओसारपसार, यात्राको साधन, कृषि, सिकार, लडाइँ, उत्सव, खेलका झलक पनि कार्यक्रममा देखाइएका थिए । त्यस अवसरमा कुकुरबाट पनि विभिन्न कला प्रदर्शन गराइएका थिए । प्रदर्शनमा उत्कृष्ट हुनेलाई राष्ट्रपति पौडेलले पुरस्कार प्रदान गरे ।

हेरौं थप तस्बिर :