काठमाडौँ, चैत १७ :

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा दायर रिटमा आज सुनुवाइ हुँदैछ । 

प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । 

उनीहरूले सरकारको निर्णय अन्यायपूर्ण रहेको जिकिर गर्दै न्यायिक पुनरावलोकनको माग गरेका छन्।

सर्वोच्च अदालतको प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश सारङ्गा सुवेदीको इजलासमा पेसी तोकिएको छ । 

यसअघि, गत शुक्रवार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतलाई लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । 

प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले सरकारका सम्बन्धित निकायलाई आवश्यक कागजातसहित स्पष्ट लिखित जवाफ पेस गर्न निर्देशन दिएको थियो ।

सरकारका तर्फबाट पेस हुने लिखित जवाफपछि मुद्दाको अन्तरिम आदेशबारे निर्णय हुनेछ ।