आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार शिक्षा

भरतपुर महानगरका दुई सय ६६ विद्यार्थीले पाए पूर्ण छात्रवृत्ति 

· सोमबार, ११ भदौ, २०८१ मा प्रकाशित
भरतपुर महानगरका दुई सय ६६ विद्यार्थीले पाए पूर्ण छात्रवृत्ति 
चितवन, भदौ ११ :

चितवनको भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत दुई सय ६६ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको छ  । 

ती विद्यार्थीलाई अनलाइन आवेदन माग गरी शिक्षा ऐन तथा भरतपुर महानगरको छात्रवृत्ति व्यवस्थापन कार्यविधिअनुसार छात्रवृत्तिमा छनोट गरिएको हो ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले आइतबार आयोजित कार्यक्रममा विद्यार्थीको क्षमता र योग्यताका आधारमा कक्षा १२ सम्म पढ्नका लागि छात्रवृत्ति वितरण गरिएको बताउनुभयो ।

छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीलाई सिफारिस पत्र वितरण गरिएको छ । अल्पसङ्ख्यक र सीमान्तकृत समुदायका विद्यार्थीलाई पनि छात्रवृत्ति वितरण गरिएको छ ।

जेहनदार विद्यार्थीलाई पढाइमा प्रोत्साहन गर्ने नीति अनुसार शैक्षिक प्रशासन महाशाखा प्रमुख सुभाषचन्द्र आचार्यले तीसवटा संस्थागत विद्यालयबाट छात्रवृत्ति दिइएको बताउनुभयो । छात्रवृत्ति पाएका मध्ये विज्ञानतर्फ एक सय ८९ र अन्य ७७ जना छन् ।

छात्रवृत्ति पाउनेमा जेहनदारतर्फ ९९, गरिब तथा विपन्न तर्फ ९६, आदिवासी जनजातितर्फ २६, दलिततर्फ १३, अपाङ्गता भएका आठ, जनआन्दोलनका घाइते तथा सहिदका छोराछारीतर्फ २४ जना रहेका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार