सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दलहरु नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरुले अघिल्ला बैठकहरु जस्तै प्रधानमन्त्रीको जवाफ माग गर्दै अवरोध गरेका थिए ।
प्रतिपक्षी दलले अवरोध गरेपछि सत्तापक्ष दलका सांसदहरुले पनि सदन सञ्चालनका लागि दबाब दिँदै आ-आफ्नो ठाँउबाट उठेर बैठकमा अवरोध गरे ।
सभामुख घिमिरेले दुवै पक्षलाई बसेर बैठक सञ्चालनका लागि सहजीकरण गर्न भन्दै बारम्बार अनुरोध गरे पनि कसैले पनि टेरेनन् ।
आफ्नो आग्रह दुवै पक्षले नमानेपछि सभामुख घिमिरेले १५ मिनेटका लागि भन्दै बैठक स्थगित गरे । हेर्नुहोस् तस्बिर/भिडियो :
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।