काठमाडौँ, भदौ ११ :

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै पर्वले समाजलाई आपसी सद्भाव कायम गर्न प्रेरित गरेको बताउनुभएको छ ।

श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वका अवसरमा शुभकामना शन्देश जारी गर्दै पर्वहरु हाम्रा सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर भएको उल्लेख गर्नुभएको छ ।

उहाँले पर्वले समाजलाई भावनात्मक एकताको सूत्रमा बाँधी धार्मिक सहिष्णुता र आपसी सद्भाव कायम गर्दै मानव कल्याणमा लाग्न प्रेरित गर्दै आएको उल्लेख गर्नुभयो ।