सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश मधेस प्रदेश

जनकपुरमा स्थानीय र प्रहरीबीच झडप

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १७ चैत, २०८१ मा प्रकाशित
जनकपुरमा स्थानीय र प्रहरीबीच झडप
जनकपुर, चैत १७ :

जनकपुरमा एक किशोरको हत्या भएको विरोधमा प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप भएको छ।

जनकपुरधाम-भिठामोड सडकखण्ड अवरुद्ध गर्दै प्रदर्शन गरिरहेका स्थानीयलाई प्रहरीले लाठीचार्ज गरेपछि झडप भएको हो। झडपका क्रममा स्थानीय तथा केही प्रहरीसमेत घाइते भएका छन् ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले एक दर्जन राउण्ड अश्रुग्याससमेत प्रहार गरेको छ।  १५ दिनअघि होलीको दिन जनकपुरधाम–२३ बिन्धीमा १७ वर्षीय आशु यादवको चक्कु प्रहार गरी हत्या गरिएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार