
प्रतीकात्मक तस्बिर ।
काठमाडौं, चैत १७ :
गत शुक्रबार तीनकुने क्षेत्रमा भएको राजावादी प्रदर्शनका क्रममा खोसिएको बन्दुक अझै फेला परेको छैन ।
बन्दुक खोस्ने व्यक्ति प्रहरी हिरासतमा छन् तर, हराएको बन्दुक भने अझै फेला नपरेको प्रहरीले जनाएको छ । ती व्यक्तिमाथि थप अनुसन्धान गर्न आज म्याद थप गरिएको छ । बन्दुक खोस्ने ती व्यक्तिको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । प्रहरीले ती व्यक्तिको नाम भने गोप्य राखेको छ ।
राजावादीको प्रदर्शनले हिंसात्मक रुप लिएपछि प्रदर्शनकारीहरुले सुरक्षाकर्मीको हतियार खोस्ने, निजी भवनमा आगजनी , सञ्चारगृहमा तोडफोड ,व्यापारीक भवनमा प्रवेश गरेर लुटपाट गर्ने लगायतका उश्रृङ्खल कार्य गरेका थिए ।