काठमाडौं, चैत १७ :

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणालगायत ११ जनालाई राज्यविरुद्धको अपराधको आरोपमा थुनामा राख्ने अनुमतिका लागि अदालतमा उपस्थित गराइएको छ ।

उनीहरुलाई पक्राउ गरी म्याद थप गर्न आइतबार काठमाडौं जिल्ला अदालत लगिएको हो ।

तीनकुनेमा आन्दोलनकारीहरुलाई उक्साएर घटना गराएको उनीहरुमाथि आरोप लागेको छ ।

अदालत लैजाँदा राणाबाहेक सबैलाई हतकडी लगाइएको थियो । वरिष्ठ उपाध्यक्ष मिश्रको एक हातमा हतकडी देखिन्थ्यो भने अर्को हात कसैलाई देखेर उठाएको जस्तो देखिन्थ्यो ।

तीनकुने घटनामा प्रहरीले १११ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । प्रदर्शनका कमान्डर दुर्गा प्रसाईंलगायत केही अझै फरार छन् ।