बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

राणाबाहेक सबैलाई हतकडी लगाएर अदालत उपस्थित गराइयो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १७ चैत, २०८१ मा प्रकाशित
राणाबाहेक सबैलाई हतकडी लगाएर अदालत उपस्थित गराइयो
काठमाडौं, चैत १७ :

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणालगायत ११ जनालाई राज्यविरुद्धको अपराधको आरोपमा थुनामा राख्ने अनुमतिका लागि अदालतमा उपस्थित गराइएको छ ।

उनीहरुलाई पक्राउ गरी म्याद थप गर्न आइतबार काठमाडौं जिल्ला अदालत लगिएको हो ।

तीनकुनेमा आन्दोलनकारीहरुलाई उक्साएर घटना गराएको उनीहरुमाथि आरोप लागेको छ ।

अदालत लैजाँदा राणाबाहेक सबैलाई हतकडी लगाइएको थियो । वरिष्ठ उपाध्यक्ष मिश्रको एक हातमा हतकडी देखिन्थ्यो भने अर्को हात कसैलाई देखेर उठाएको जस्तो देखिन्थ्यो ।

तीनकुने घटनामा प्रहरीले १११ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । प्रदर्शनका कमान्डर दुर्गा प्रसाईंलगायत केही अझै फरार छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार